अमेरिका । विश्वका प्रमुख तीन शक्ति राष्ट्र अमेरिका, चीन र रुसले विश्वमा जारी अस्थिरता, अन्योल र अशान्तपूर्ण अवस्था अन्त्य गर्न संयुक्त शान्तिको घोषणा गरेका छन् ।
चीनको सेन्जेनमा आयोजित एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा सहभागी विश्वका तीन शीर्ष नेता अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प, चीनका राष्ट्रपति सी चिनफिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबिच बिहीबार भएको ऐतिहासिक शिखरवार्तामा संयुक्त शान्तिको घोषणा गरिएको हो ।
‘किलिन भिल्ला’ मा ९० मिनेटसम्म भएको त्रिपक्षीय शिखर वार्तालगत्तै तीन देशले ‘संयुक्त शान्ति घोषणापत्र’ जारी गरेको अमेरिकी निजी टेलिभिजन सिएनएनले जनाएको छ । संयुक्त घोषणापत्रमा तिनै शीर्ष नेताले ‘आणविक युद्ध कहिल्यै जित्न सकिँदैन र यो कहिल्यै लड्नु हुँदैन’ भन्ने साझा प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्