नेपाल । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले सातवटै प्रदेश सरकारलाई सम्पन्न बनाउन संविधानअनुसार प्रदेशलाई दिइनुपर्ने बताएका छन् ।
महोत्तरी कांग्रेसका चर्चित नेता सहिद स्व शिवचन्द्र मिश्रको ८१औँ जन्मयन्तीको अवसरमा महोतरीको लोहरपट्टीमा आयोजित समारोहलाई सम्बोधन गर्दै नेता निधिले कांग्रेसको नेतृत्वमा बनेको संविधान र त्यसभित्र उल्लेखित उपलब्धि बचाउन कांग्रेसले नै नेतृत्व लिन आवश्यक रहेको बताए ।
निधिले भने, “मधेश सरकार कमजोर भयो भन्नु गलत हो, कमजोर नियोजित रूपमा बनाइँदै छ, त्यसका लागि आन्दोलन गर्नुपर्ने हुन्छ ।”

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्