९ श्रावण २०८३, शनिबार

कविता: अदालत र सरकार

कोलोराडोखबर संवाददाता , July 25th, 2026

-आर. आर. चौलागाईं-
पुरानो अदालत
र नयाँ सरकार
केमिस्ट्री नै मिल्दैन
देश बनाउन
कि पुरानो अदालत
र पुरानै सरकार हुनुपर्छ
कि नयाँ सरकार
र अदालत पनि नयाँ नै हुनुपर्छ
देश बनाउन
केमिस्ट्री मिल्नुपर्छ
नत्र देश बन्दैन ।

-हेटौंडा, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्