२८ असार २०८३, आईतवार

नेपाललाई परेको अप्ठ्यारो परिस्थितिमा भारतको सधैं साथ रहने मोदीको प्रतिवद्धता

कोलोराडोखबर संवाददाता , October 5th, 2024

नेपाल । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले पत्र पठाउनु भएको छ ।

बाढी पहिरोलगायत बिपदबाट नेपाललाई परेको अप्ठ्यारो परिस्थितिमा भारतको सधैं साथ रहने प्रतिवद्धता जनाउँदै प्रधानमन्त्री आलीलाई भारतीय समकक्षी मोदीले पत्र पठाउनु भएको हो ।

नेपालमा बाढी–पहिरोका कारण ठूलो मानवीय र भौतिक क्षति भएपछि भारतीय प्रधानमन्त्री मोदीले सहानुभूति पत्र पठाएको नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले जानकारी दिनुभएको छ ।

राजदूत श्रीवास्तवका अनुसार नेपालमा राहत, उद्धार र पुनर्निर्माणमा भारतको सहयोग हुने प्रधानमन्त्री मोदीको पत्रमा उल्लेख रहेको छ ।

प्रतिक्रिया दिनुहोस्