नेपाल । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । लगातार ओरालो लाग्दै आएको सुनको मूल्य शुक्रबार तोलामा रु चार सयले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला रु एक लाख ६० हजार नौ सयमा कारोबार भएको छापावाला सुन शुक्रबारका लागि प्रतितोला रु एक लाख ६१ हजार तीन सय निर्धारण भएको थियो ।
यस्तै, चाँदीको मूल्य प्रतितोला रु तीसले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु एक हजार नौ सय ५० मा कारोबार भएको चाँदीको मूल्य शुक्रबारका लागि भने रु एक हजार नौ सय ८० निर्धारण भएको थियो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्