३१ भाद्र २०८१, सोमबार

कविताः मलाई भगवानदेखि डर लाग्दैन

कोलोराडोखबर संवाददाता , December 15th, 2023

–केशवलाल श्रेष्ठ–

मलाई विश्वासदेखि डर लाग्छ,
धेरै चोटी घात भइसकेको छु ।
मलाई चोटहरूदेखि डर लाग्छ,
धेरै चोटी घाईते भइसकेको छु ।
मलाई भगवानदेखि डर लाग्दैन,
किनकि मैले कहिले भेटेकै छैन ।

मलाई नामदेखि डर लाग्छ,
धेरै बदनाम भइसकेको छु ।
मलाई उचाईदेखि डर लाग्छ,
म धेरै पटक गिरिसकेको छु ।
मलाई मृत्युदेखि डर लाग्दैन,
किनकि म कहिले मरेकै छैन ।

मलाई आगो देखि डर लाग्छ,
धेरै पटक जलीसकेको छु ।
खोलाको गहिराईदेखि डर लाग्छ,
म धेरै पटक डुबिसकेको छु ।
आफ्नो कथा भन्न डर लाग्दैन,
किनकि सुन्ने कोहि भेटेकै छैन ।

मलाई तारिफदेखि डर लाग्छ,
उचालेर धेरै पटक पछारीई सकेको छु ।
कुटिल मुस्कान देखि डर लाग्छ,
त्यसको छुरीले घाइते भइसकेको छु ।
मलाई रिसाउनेदेखि डर लाग्दैन,
तिनीहरूले मलाई बिगारेको छैन ।

–हेटौंडा, मकवानपुर–
(सामाजिक सञ्जालबाट साभार ।)

प्रतिक्रिया दिनुहोस्