२६ माघ २०८२, सोमबार

नेपाल सरकारको मुख्यसचिवमा एकनारायण अर्याल नियुक्त

कोलोराडोखबर संवाददाता , August 30th, 2024

नेपाल । नेपाल सरकारका मुख्य सचिव लीलादेवी गड्तौला उमेर हदका कारण शुक्रबारदेखि अनिवार्य अवकाशमा जाने भएपछि सरकारले मुख्यसचिवमा एकनारायण अर्याल नियुक्त गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले गृह सचिव रहनुभएका अर्याललाई भदौ १६ गतेदेखि लागू हुने गरी मुख्यसचिवमा नियुक्त गरेको हो ।

२०२४ मंसिर १० मा जन्मिएका अर्यालले करिब १५ महिना मुख्यसचिव पद सम्हाल्नेछन् । अर्याल २०४६ माघमा नायव सुब्बाबाट निजामती सेवामा प्रवेश गरेका थिए ।

खुला प्रतिस्पर्धाबाट २०५१ साउनमा अधिकृत बनेका उनी आन्तरिक प्रतिस्पर्धाबाट २०५८ मा उपसचिव र २०६७ मा सहसचिव भएका थिए । सचिवमा भने उनी २०७६ फागुनमा बढुवा भएका थिए ।

प्रतिक्रिया दिनुहोस्