२६ माघ २०८२, सोमबार

टुँडिखेलमा नाराबाजी भएपछि देउवा आक्रोशित

कोलोराडोखबर संवाददाता , August 27th, 2024

नेपाल । सोमबार गौरा पर्वको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा नाराबाजी भएको छ । नेताहरुले बोल्ने क्रममा नाराबाजी भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आक्रोशित भएका थिए ।

आफू बोल्न थालेलगत्तै नाराबाजी भएपछि देउवाले आक्रोशित हुँदै भने, ‘तपाईंहरु जति कराउनुछ कराउनुस्, लाज पनि छैन । कार्यक्रम बिथोल्ने लाज नभएकाहरु ।’

कार्यक्रमको सुरुमै प्रधानमन्त्री केपी शर्मा ओली बोल्दा पनि नाराबाजी भएपछि छोटो बोलेर निस्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्