२६ माघ २०८२, सोमबार

बन्द कार्यशालाको प्रतिवेदन र उपलब्धिबारे छलफल गर्न बुधबार रास्वपाको बैठक बस्दै

कोलोराडोखबर संवाददाता , August 20th, 2024

नेपाल । बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ।

सभापति रवि लामिछानेले वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार बिहान ८ बजे बैठक बोलाएका हुन् ।

बैठकमा राष्ट्रिय भेलाका साथै कर्णाली विशेष अभियान तथा संगठन निर्माणसम्बन्धी कार्यविधि संशोधनका बारेमा छलफल हुने रास्वपाले जनाएको छ ।

साथै केन्द्र तथा सातै प्रदेशको बन्द कार्यशालाको प्रतिवेदन र उपलब्धिलगायत विषयमा पनि छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्