१७ कार्तिक २०८१, शनिबार

विप्लबबिरुद्ध पक्राउ पूर्जी जारी, प्रधानमन्त्री भन्छन्–गलत भयो

कोलोराडोखबर संवाददाता , December 5th, 2023

नेपाल । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लबसहितका नेतालाई काठमाडौं जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको छ ।

सोमबार अदालतले सूचनामार्फत ३५ दिने पक्राउ पुर्जी जारी गरी पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा, नेता माइला लामा र राजु कार्कीलाई पक्राउ पुर्जी जारी गरेको छ ।

विगतमा उनीहरुलाई राज्यविरुद्धको कसुर मुद्दामा प्रतिवादी बनाइएको छ । यसबारेमा सोमबारनै आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले पक्राउ पूर्जी जारी हुनु गलत भएको प्रतिक्रिया दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्