१६ जेष्ठ २०८३, शनिबार

कविता: जीवनको रङ

कोलोराडोखबर संवाददाता , May 30th, 2026

-गोवर्द्धन पूजा-

हिजो-
अत्तरभन्दा प्रिय लाग्थ्यो, मलाई।

मकैबारीमा
बर्षाले भुत्भुत्याउदा
माटोको स्नानी गन्ध ।

जब म
धानको बीऊ खाने चरा धपाउन
स्याउले छाप्रो मुनि
बारीको पाटामा हुन्थेँ !

गन्धेझारको तिउन,
माटोको भात
अनि गट्टाको मासु पकाउदै
भान्से बनेको त्यो क्षण !
आफ्नै साथीसँगीहरूको अभिभावक !

स्कुले साथी विकास विश्वकर्मासँगको जिस्क्याई-
‘विकास”को मूल फुटाउने कल्पना
शान्ती पौडेलसँगको शान्तिको गीत गाउने चाहना !
गणेश लामाले “मधुर पिम्मा” बाजा बजाएको त्यो क्षण !

सोच्छु-
कहाँ सजिलै मेटिदो रहेछ र
उमेरको हावाहुरीले
उडाउन खोजेर मायाको रङ !!!

कोपिला कार्कीको
कोपिलामै फक्रेको बैशको फूल

कल्पना चौधरीको
हिरोनी बन्ने कल्पना !

सोमलाई दरैको
चन्द्रमामा गएर सोमरस चढाउने चाहना

तेजराजको
समाज परिवर्तन गर्छु भन्ने तेजिलो भाषण !!!

सोच्छु-
म किन हिँडेँ – त्यो गोरेटोबाटोलाई छोडेर
आली र कान्लाहरूमा लडेको विस्मृति बिर्स्याउन
फराकिलो सडकको खोजीमा !
धूवाएको आकाश के गर्दै छ आजकल !
धुम्मिएको बादल कहाँ पुग्यो होला अचेल !
त्यो घुरमा पोलेको आलु कसले खादै होला !
दूबोमाथि तप्केका शीतका थोपाहरूले घैला भरिएकी भरिएनन् !
चक्रमा भाग्य घुमाउदै भाडा बनाउदै गरेका कुम्हाले दाइको भाग्य-चक्र
कहाॅ घुम्दै होला !

रत्नपार्कमा डमरू बजाउदै
अरण्डीको तेल बेच्ने अण्डीरामको चूल्हो
बल्दैछ की निभिसक्यो ?
थाहा छैन घर बनाउन घर छोडेका गोवर्द्धनहरू
घर फर्किएकी अझै बेपत्ता छन् ।

सुन्छु
अचेल बाटो हिडेर गाउँमा पुगेको छ अरे
तर बाटो हिड्ने पाइतालाहरू बाटोभन्दा पहिल्यै पाताल पुगिसकेका छन्
असतोमा सतगमय खोज्ने टीकाराम यात्री,
मधुवनमा कर्ण खेलाउने नवराज लम्साल
भनू की नभनू भन्ने श्रीओमहरू
प्रयोगशालामा रमाइरहेका सुधीर शर्माहरू
झ्याम्म-झ्याम्म भन्दै हिड्ने नन्दकृष्ण जोशीहरू
बसन्त र बबिता बस्नेतहरू
राधेश्याम लेकाली,
ऋषभदेव घिमिरेहरू,
राजेन्द्र केसीहरू,
सन्ध्या पहाड‍ीहरू,
शान्ता बस्नेतहरू,
नीशा केसीहरू,
विश्वविद्द्यालयमा सिद्दान्त घोकाउने महेश पौड्यालहरूलाई यहाॅ साक्षी राखेर भन्नु छ –
निलम निहारिकाहरू प्रवासमै राजमाता जन्माउदै छन्
पदम विश्वकर्माहरू नच्यातिएको तमसुक च्यात्ने प्रयासमा छन्
खेल्न हुदैन जुवा र तास भन्ने सर्वज्ञहरू जुवाघरमा सोचमग्न छन्
नन्दा जन्माउने होमनाथहरू,
मोहन सिटौलाहरू …,
झ्याम्ली बाख्रीको पाठो खोज्दै हिड्ने शिव गौतमहरू
दिन ढल्यो अधेरी रातमा भन्ने गदालहरू
अमेरिकामा आमा खोजिरहेका भारतीहरू…
साझा सवाल सोध्दै हिडेका- नारायण श्रेष्ठहरू..
लक्ष्मी श्रेष्ठहरू..
नादीया लिवाङ्हरू,
सुदीपभद्रहरू
शकुन ज्ञवालीहरू
राजेन्द्र श्रेष्ठहरू…
तीर्थ पाण्डेहरू,
गण्डकी पुत्रहरु,
रश्मी भट्टहरू,
बालकुमारी गजलीकाहरू,
सहदेव कोइरालाहरू,
धर्मराज कोइरालाहरू,
प्रकाश नेपालहरु,
तारा अधिकारीहरू,
गोविन्दसिँह रावतहरू,
ईश्वर बगालेहरू,
लक्ष्मण न्यौपानेहरू,
नारायण भट्टराईहरू,
खिमानन्द आचार्यहरू,
चन्द्र गिरीहरु,
विष्णु घिमिरेहरू,
दीपेन्द्र पोखरेलहरू,
प्रतीक रावलहरू,
प्रकाश खड्काहरू,
हरिमाया- सागर अघिकारीहरू,
गीता बजगाईहरू,
प्रेमप्रसाद पौडेलहरू,
नीलकण्ठ सुवेदीहरू,
जगन्नाथ पौडेलहरू,
हरिशरण कार्कीहरु
मुक्तक लेख्ने तीर्थराज अधिकारीहरू
बालमन छाम्दै हिड्ने सुरेन उप्रेतीहरू!!

पुष्पा खनालहरू
पशुपति घिमिरेहरू
नारायण अधिकारीहरू
भीम रेग्मीहरू
पुरु सुवेदीहरू
ऋृषि वस्ताकोटीहरू
राजु सिटौलाहरू
महेश्वर पन्तहरू
तुलसी आचार्यहरू,
सुरज भण्डारीहरू
ओम आचार्यहरू
कमला न्यौपानेहरू
दीप कार्कीहरू
धन पौडेलहरू,
विजयराज अधिकारीहरू
प्रमिला शर्माहरू
विजयराज शर्माहरु
टीका लम्सालहरू
कुमार शिशिरहरू
कृष्णमुरारीहरू
पुष्पराज पौडेलहरू
वासुदेव घिमिरेहरू
उर्मिला निर्दोषीहरू
मिलन कोइरालाहरू
बद्री दाहालहरू
जीवन निरौलाहरू
रेखा जोशीहरू
सुरेश भट्टहरु
गीतमा सपना देख्ने भूपेन्द्र महतहरू !!!

…सबैसबै अमेरिकाको पाखाबारीमा
मेराजस्तै सपनाका सिलो खोज्दै हिडिरहेका छन-
तपाईहरू घरदेश पुगेर
घर कुरिरहेका घरदेशीलाई सुटुक्क
भनिदिनुहोला –
सिलो खोजीरहेका परदेशीहरूको मनको नेपालमा
नेपालजस्तै सुन्दर, शान्त र विशाल नेपाल छ ।

(अमेरिकामा बसेर सिर्जनरत् नवौँ अनेसास सम्मेलन सहभागी सर्जकको नाममा सम्बोधन गर्दै, कोलोराडोको मञ्चमा वाचित कविता)

-पूर्व केन्द्रीय अध्यक्ष, अनेसास ।

प्रतिक्रिया दिनुहोस्