८ माघ २०८१, मंगलवार

सोमबारबाट बागमती प्रदेशका स्थानीय तहले तामाङ र नेपाल भाषामा सेवा दिने

कोलोराडोखबर संवाददाता , May 6th, 2024

नेपाल । सोमबारदेखि बागमती प्रदेशमा तामाङ र नेपाल (नेवारी) भाषा पनि सरकारी कामकाजको भाषाको रूपमा कार्यान्वयन भएको छ । बागमती प्रदेश सरकारले बनाएको प्रदेश सरकारी कामकाजको भाषा ऐन २०८० लागू हुने भएको हो ।

२०८० कार्तिक २३ गते राजपत्रमा प्रकाशन भएको १८० दिनपछि सोमबार भाषा दिवस घोषणा गर्दै बागमती प्रदेश सरकारले कार्यान्वयनको औपचारिक आररम्भ गरेको हो ।

भाषा ऐन लागु हुने दिनको अवसरमा सोमबार बागमती प्रदेशमा सार्वजनिक बिदा पनि दिइयो । अब प्रदेशका सबै मन्त्रालयको नामको साइन बोर्ड नेपाली बाहेक तामाङ र नेपाल भाषामा लेखिएको हुनेछ।

यो ऐन लागू भएसँगै प्रदेशका सबै सरकारी निकाय र प्रदेश भित्रका स्थानीय तहले समेत तामाङ र नेपाल भाषामा समेत सेवा दिनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्