२८ बैशाख २०८१, शुक्रबार

सरकारले दम्भ देखाए सरकारबाट बाहिरिने चेतावनी

कोलोराडोखबर संवाददाता , April 27th, 2024

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीलाई उपेक्षा गरे सत्ता गठबन्धनबाट बाहिरिने चेतावनी दिनु भएको छ ।

शुक्रबार काठमाडौँमा युवा संघ नेपाल काठमाडौँले आयोजना गरेको भित्तेपात्रो विमोचान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालको अहिलेको राजनीति र नेपालको मौसम उस्तै उस्तै रहेको टिप्पणी गर्नुभयो । उहाँले नेपालको मौसममा केही भन्न नसकेजस्तै राजनीतिमा पनि केही भन्नसक्ने अवस्था नरहेको जिकिर गर्नुभयो ।

उहाँले राजनीतिक स्थायित्व देशलाई चाहिएको बताउनु भयो । अध्यक्ष नेपालले राजनीतिक स्थायित्व देश परिवर्तन, विकासका लागि चाहिएको बताउनु भयो । उहाँले देश विकासका लागि सामाजिक न्याय, समानता, उत्पादन, रोजगारी प्रवर्द्धन, राष्ट्रिय पुँजीको विकासमा जोड दिनुपर्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्