२८ बैशाख २०८१, शुक्रबार

पूर्व उपराष्ट्रपतिका छोरा दिपेश पुन ४ लाख रुपैयाँ धरौटीमा थुनामुक्त

कोलोराडोखबर संवाददाता , April 27th, 2024

नेपाल । शुक्रबार सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन थुनामुक्त भएका छन् । जिल्ला अदालत, रुपन्देहीमा ४ लाख रुपैयाँ धरौटी बुझाएपछि उनलाई छाडिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

एक साताअघि अदालतले पुनसहित ६ जनालाई धरौटीमा छाड्न आदेश दिए पनि रकम जम्मा नगरेपछि उनी पुर्पक्षका लागि जेल चलान भएका थिए । तर, शुक्रबार उनले रकम जम्मा गरेपछि छुटेको एसपी रञ्जितसिंह राठौरले बताउनुभयो ।

पुनबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ । तर, उनीविरुद्ध पक्राउ पूर्जी जारी नभएकाले तत्काल नियन्त्रणमा नलिइएको सीआईबीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्