२८ बैशाख २०८१, शुक्रबार

भीम रावलको एमाले छोड्ने संकेत, आफू नयाँ घुम्तीमा पुगेको निष्कर्ष

कोलोराडोखबर संवाददाता , April 26th, 2024

नेपाल । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम रावलले आफू राजनीतिको एउटा घुम्तीमा पुगेको बताएका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै नेता रावलले पार्टीभित्रको निषेधित राजनीतिको कारण आफू नयाँ घुम्तीमा पुगेको बताएका हुन् । उनले आफूलाई एमाले अछाम जिल्ला अधिवेशन हुँदै राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा समेत निषेध गरिएको गुनासो गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पार्टीको १०औं महाधिवेशनमा प्रतिष्पर्धा गरेकै कारण आफूलाई निषेध गरिएको उनको निश्कर्ष छ ।

गोदावारीमा सम्पन्न महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा सहभागी हुन आफू इच्छुक रहेको भएपनि एमालेले आफ्नो परिचयपत्र नै नबनाइदिएको उनको गुनासो छ । उनले पार्टी अध्यक्ष ओलीनिकट केही मान्छेले भीम रावल को हो ? भन्ने प्रश्नसमेत गरेको भन्दै आपत्ति जनाए ।

प्रतिक्रिया दिनुहोस्