११ चैत्र २०८१, सोमबार

कांग्रेसलाई गाली गर्नेले मदन भण्डारीको हत्यारा पत्ता लगाउन किन नसकेको ?

कोलोराडोखबर संवाददाता , April 23rd, 2024

नेपाल । नेकपा एमालेले सोमबार राजधानीमा आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मदन भण्डारीको हत्यारा पत्ता लगाउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।

एमालेद्वारा आयोजित हीरक महोत्सव समारोहमा देउवाले मदन भण्डारीको हत्यारा अझै पत्ता लगाउन नसकेको भन्दै एमाले नेतृत्वप्रति प्रश्न गरे ।

उनले भने, ‘कांग्रेसलाई गाली गर्नेले मदन भण्डारीको हत्यारा पत्ता लगाउन अहिलेसम्म किन नसकेको ? देउवाले यसो भनिरहँदा मदन भण्डारीकी धर्मपत्नी समेत रहेकी पूर्वराष्ट्रपति विद्या भण्डारी गम्भीर मुद्रामा देखिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्