१ फाल्गुन २०८१, बिहीबार

कम्युनिष्ट आन्दोलन टुट फुट हुँदा जनतामा निराशा र आक्रोश

कोलोराडोखबर संवाददाता , April 23rd, 2024

नेपाल । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलन टुट फुट हुँदा जनतामा निराशा र आक्रोश बढेको बताउनु भएको छ।

सोमबार कम्युनिष्ट पार्टी स्थापनाको ७५औं वर्षका अवसरमा एक विज्ञप्ति जारी गर्दै अध्यक्ष नेपालले उक्त कुरा बताउनु भएको हो ।

उहाँले भन्नुभएको छ, ‘टुट फुट विभाजन र एकताका अनेकौं श्रृंखला पार गरेको नेपाली कम्युनिष्ट आन्दोलनले पछिल्लो समयमा प्राप्त व्यापक जनसमर्थन र साथलाई जनचाहना अनुरुप उपयोग गर्न नसक्दा जनतामा निराशा र आक्रोश बढिरहेको कुरालाई आजको दिनमा सम्बन्धित सबैले स्वीकार गर्नुपर्दछ। उक्त विषयको आत्मबोधसहित मुलुक र जनताका एजेण्डाहरुलाई केन्द्रविन्दुमा राखेर विगतका गल्तिहरु नदोहो¥याउने विश्वासिलो आधारसहितको सहकार्यले मात्र कम्युनिष्ट आन्दोलनलाई एकता तर्फ अघि बढाउन सक्दछ ।’

प्रतिक्रिया दिनुहोस्