नेपाल । समसामयिक राजनीतिक विषयमा छलफल गर्न आइतबार नेकपा एमालेको सचिवालय बैठक बस्दै छ ।
ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बैठक बस्न लागेको हो ।
बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी, नेकपाको ७५औं स्थापना दिवस, यही वैशाख १५ गते हुने उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।
वैशाख ८ र ९ गते ललितपुरको गोदावरीमा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक बस्ने यसअघि नै तयर भएको हो ।
प्रतिक्रिया दिनुहोस्