२२ मंसिर २०८१, शनिबार

अब एक घण्टाभित्रै श्रम स्वीकृती पाइने !

कोलोराडोखबर संवाददाता , April 8th, 2024

नेपाल । वैदेशिक रोजगारमा जाने नेपाली कामदारले एक घण्टाभित्रै श्रम स्वीकृती पाउने भएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले अव एक घण्टाभित्रै श्रम स्वीकृति प्रदान गरिने जानकारी दिनुभएको हो ।

वैदेशिक रोजगार बिभागको कार्यालयले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा श्रममन्त्री अर्यालले अबदेखि सबै प्रकारका श्रम स्वीकृत एक घण्टाभित्रै प्रदान गरिने बताउनु भयो ।

मन्त्री अर्यालले नयाँ सफ्टवेयरको प्रयोगबाट एकघण्टा भित्र सबैखाले श्रम स्वीकृति दिन सम्भव भएको जानकारी गराउनु भयो ।

प्रतिक्रिया दिनुहोस्