२६ कार्तिक २०८३, बिहीबार

स्थानीय समुदायको आवश्यकता र प्राथमिकताअनुसार अनुकूलनका कार्यक्रम सञ्चालन गर्न नेपाल प्रतिबद्ध

कोलोराडोखबर संवाददाता , November 12th, 2026

नेपाल । टर्किएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) अन्तर्गत आयोजित ‘प्रभावकारी अनुकूलन तथा लचिलोपनका लागि पहल’ (लाइफ एआर) सुविधाको औपचारिक घोषणा कार्यक्रममा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी सहभागी हुनुभएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले जलवायु परिवर्तनबाट प्रभावित स्थानीय समुदायको आवश्यकता र प्राथमिकताअनुसार अनुकूलनका कार्यक्रम सञ्चालन गर्न नेपाल प्रतिबद्ध रहेको बताउनुभयो।

उहाँले जलवायु वित्त स्थानीय समुदायसम्म पुर्‍याउँदै उनीहरूलाई जलवायु योजना, निर्णय प्रक्रिया र कार्यान्वयनको केन्द्रमा राख्नुपर्नेमा जोड दिनुभयो। साथै, लाइफ एआर लाई अतिकम विकसित मुलुकहरूमा स्थानीय नेतृत्वमा जलवायु कार्य अघि बढाउने महत्त्वपूर्ण अवसरका रूपमा उपयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

नेपालले लाइफ एआर सँग समझदारीपत्रमा हस्ताक्षर गरिसकेको जानकारी दिँदै मन्त्री चौधरीले यस पहलको प्रभावकारी कार्यान्वयनका लागि अन्तर्राष्ट्रिय साझेदारी र सहकार्य आवश्यक रहेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्