१९ मंसिर २०८१, बुधबार

इलाम २ का लागि सुवास नेम्वाङका छोरा सुहाङसहित ६ जनाको नाम शिफारिस

कोलोराडोखबर संवाददाता , March 18th, 2024

नेपाल । नेकपा एमालले आगामी बैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि ६ जनाको नाम शिफारिस गरेको छ ।

पार्टीको इलाम जिलला कमिटीको बैठकले सुहाङ नेम्वाङ, रवीन्द्र सुवेदी, बुद्धि खनाल, नरेन्द्र भट्टराई, रिपल राई र देवी क्षेत्री दुलालको नाम शिफारिस गरेको हो ।

केन्द्रीय कमिटीले एक महिलासहित ३ जनाको नाम सिफारिस गर्न भने पनि इलाम जिल्ला कमिटीले ६ जनाको नाम सिफारिस गरेको हो ।

सुहाङ स्व सुवास नेम्वाङका छोरा हुन् । पूर्व सभामुख सुवासको दुःखद निधन भएपछि इलाम २ मा उपनिर्वाचन हुन लागेको हो ।

 

प्रतिक्रिया दिनुहोस्