४ माघ २०८१, शुक्रबार

सुन तस्करी प्रकरणमा नेपालका पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेश पक्राउ

कोलोराडोखबर संवाददाता , March 16th, 2024

नेपाल । शुक्रबार साँझ सुन तस्करी प्रकरणमा नेपालका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुन तस्करी प्रकरणमा दीपेशको नाम पनि जोडिएको थियो । उनी सहकारी ठगीमा पनि मुछिएका छन् ।

नन्दबहादुर नेकपा माओवादी केन्द्रको तर्फबाट उपराष्ट्रपति चयन भएका थिए भने दीपेश पनि माओवादी कार्यकर्ता हुन् । उनी अखिल क्रान्तिकारीको केन्द्रीय उपाध्यक्षसम्म भएका थिए । अहिले माओवादी केन्द्रकै सरकार भएका बेला उनी पक्राउ परेका हुन् ।

स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । ब्रेक शुमार्फत भएको ६० केजी सुन तस्करीमा पक्राउ परेका भियना होटलका मालिक दावा छिरिङसँग दीपेशको सम्पर्क देखिएको थियो ।

यसैबीच काठमाडौँमा पक्राउ परेका पूर्वउपराष्ट्रपति दीपेश पुनलाई सहकारी ठगीबारे अनुसन्धान गर्न रातीनै बुटवलमा लगिएको छ । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका सर्वसाधारणको बचत हिनामिनामा संलग्न भएको आरोप पनि पुनविरुद्ध छ ।

बुटवलका १० हजार बचतकर्ताको सबा १ अर्ब रकम हिनामिना प्रकरणमा दिपेश जोडिएका छन् । जीबी राई अध्यक्ष र दीपेश पुन कोषाध्यक्ष रहेको सुप्रिम सहकारीको बचत रकम हिनामिना गरेको उजुरी प्रहरीमा छ ।

प्रतिक्रिया दिनुहोस्