६ आश्विन २०८३, मंगलवार

अमेरिका जानु अघि प्रधानमन्त्री बालेनले भेटे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरु

कोलोराडोखबर संवाददाता , September 22nd, 2026

नेपाल । प्रधानमन्त्री वालेन्द्र शाहसँग प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालय, सिंहदरबारमा भेटघाट गर्नुभएको छ ।

छलफलमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेसँगै विश्वप्रकाश शर्मा पनि उपस्थित हुनुहुन्थ्यो। संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्न जानुअघि आवश्यक छलफलका लागि प्रधानमन्त्री शाहले प्रमुख प्रतिपक्षी दलका प्रतिनिधिलाई बोलाउनुभएको थियो।

प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन भोलि अपराह्न संयुक्त राज्य अमेरिकातर्फ प्रस्थान गर्नुहुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्