६ आश्विन २०८३, मंगलवार

इन्जिनियर सुमन राईसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

कोलोराडोखबर संवाददाता , September 22nd, 2026

नेपाल । सघन सहरी तथा भवन योजना शाखा धनकुटाका तत्कालीन इन्जिनियर सुमन राईसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान अयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार राईसहित लेखा अधिकृत इन्द्रबहादुर कार्की र सव–इन्जिनियर रविन श्रेष्ठविरुद्ध भोजपुर जिल्लास्थित विद्यालयको नयाँ भवन निर्माण कार्यको अन्तिम बिल भुक्तानी प्रक्रियामा विभिन्न बहाना गरी दुख हैरानी दिइ सेवाग्राहीसँग घुस माग गरी भ्रष्टाचार गरेको आरोप लागेको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो एक लाख ३५ हजार रुपियाँ कायम गरी कैद र जरिवाना सजाय हुन मागदाबी लिइ सोमबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्