६ आश्विन २०८३, मंगलवार

गंगा सुवेदीको कथाकृति ‘दृष्टिबोध’ सार्वजनिक

कोलोराडोखबर संवाददाता , September 22nd, 2026

नेपाल । साहित्यकार तथा समाजसेवी गंगा सुवेदीको छैठौं कथाकृति ‘दृष्टिबोध’ एक कार्यक्रमबीच लोकार्पित भएको छ । यो सुवेदीको छैठौँ कथाकृति हो ।

ललितपुरमा आयोजित कार्यक्रममा प्रा।डा। दयाराम श्रेष्ठलगायतले कृति सार्वजनिक गरे ।

कार्यक्रममा समीक्षक प्रा।डा। भरतकुमार भट्टराईले कृतिको समीक्षा गर्दै पुस्तकका अधिकांश कथामा नारी चेतनाको सूक्ष्म विश्लेषण समेटिएको बताए । डा। भट्टराईले कृतिमा देखिएका कतिपय प्रसंगको चर्चा गर्दै कृतिभित्रका कमीकमजोरीमा सुधार गर्नुपर्ने सुझाव पनि दिए ।

नेपाल स्रष्टा समाजको आयोजनामा भएको कार्यक्रममा समाजका संरक्षक पवन आलोकले विराटनगरमा बसेर पनि साहित्यमा कृतिकार सुवेदीको सक्रियताको चर्चा गरे ।

कृतिकार सुवेदीले आफ्नो लेखन सन्दर्भका विषयमा धारणा राखिन् ।

प्रा।डा। लक्ष्मणप्रसाद गौतमले कथाकारले नारी भोगाइलाई आफ्ना कथामा विहङ्गम रूपमा प्रस्तुत गरेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्