५ आश्विन २०८३, सोमबार

प्रदीप जैशीको उपन्यास ‘काउले’ सार्वनजनिक

कोलोराडोखबर संवाददाता , September 21st, 2026

नेपाल । उपन्यासकार प्रदीप जैशीको उपन्यास ‘काउले’ सार्वनजनिक भएको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्राडा माधवप्रसाद पोखरेललगायतले उक्त उपन्यास सार्वजनिक गरेका हुन् ।

समीक्षक डा. अमृता शर्माले जैशीको उपन्यास ‘काउले’मा सुदूरपश्चिम क्षेत्रको अछाम जिल्ला वरिपरिका जीवन, जगत, समाज, संस्कृति र परिवेशलाई आञ्चलिकताको लेपन लगाएर प्रस्तुत गरिएको बताइन् । उनले उपन्यासले अछामको परिचय पाठकलाई दिने उल्लेख गरिन् ।

उनले कृतिका केही दुर्बल पक्षहरूबारे पनि चर्चा गरिन् । अर्का समीक्षक शिवप्रसाद जैशीले सांस्कृतिक दृष्टिकोणबाट उपन्यास अब्बल भएको उल्लेख गरे ।

कार्यक्रममा अछामका सांसदहरू रत्ना थापा, यज्ञबहादुर बोगटी, केशव पराजुली, डा. हर्क शाही, कृतिकार जैशी लगायतले आफ्ना धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्