१ फाल्गुन २०८१, बिहीबार

संसदमा निर्वाह गर्ने भूमिकाबारे छलफल गर्न मंगलबार कांग्रेसको पदाधिकारी बैठक बस्दै

कोलोराडोखबर संवाददाता , March 12th, 2024

नेपाल । आगामी दिनमा संसदमा निर्वाह गर्ने भूमिकाबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक मंगलबार बस्दैछ ।

सभापति शेरबहादुर देउवाले आफ्नै निवास बूढानीनकण्ठमा अपराह्न ३ बजे पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका हुन् ।

सत्ता गठबन्धनबाट बाहिरिएपछि काँग्रेसका विभिन्न बैठक र छलफलहरु भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्