१८ कार्तिक २०८१, आईतवार

​राष्ट्रिय सभाको अध्यक्षमा प्रचण्डका भाई उम्मेदवार, काँग्रेसका कृष्ण सिटौला पछि हटे

कोलोराडोखबर संवाददाता , March 11th, 2024

नेपाल । राष्ट्रियसभा अध्यक्षमा माओवादीका तर्फबाट नारायण दाहाल र नेपाली काँग्रेसका तर्फबाट युवराज शर्माले उम्मेदवारी दिने भएका छन् ।

अध्यक्ष पदको निर्वाचनका लागि सोमबार उमेदवारी दर्ता हुँदैछ । बिहान ११ बजे देखि १ दिउँसो बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको संघीय संसद् सचिवालयले जनाएको छ ।

साढे १ बजे उम्मेदवारको नामावली प्रकाशित गरिनेछ ।

राष्ट्रपतिबाट मनोनीत राष्ट्रिय सभा सदस्य नारायण दाहाल प्रधानमन्त्री पुष्पकमल दाहालका भाइसमेत हुन् भने बाँकेका शर्मा लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएका हुन् । उनी ०४५ सालमै पार्टीको बाँके सभापति भएर काम गरेका थिए ।

यसअघिको सत्ता गठबन्धनले नेपाली काँग्रेसका कृष्ण सिटौलालाई अध्यक्ष बनाउने सहमतिसहित राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाइएको थियो । तर सत्ता गठबन्धन फेरिएसँगै सिटौला अध्यक्षको रेसबाट बाहिरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्