नेपाल । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) सँग सरकारले विकास सहकार्य चाहेको बताउनुभएको छ ।
नेपाल र युएनडिपीबिच सहकार्य सुरु भएको ६० औँ वर्षगाँठका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रम उहाँले बदलिँदो प्राथमिकता र आवश्यकताका आधारमा सहकार्य खोजेको धारणा राख्नुभयो ।
संयुक्त राष्ट्रसङ्घको छाताभित्र रहेर विकासका दीर्घकालीन सहकार्य गर्ने विषय लगानीमा मात्रै सीमित नभई विशाल अन्तरदेशीय सहकार्य र समन्वयका रूपमा यसलाई बुझ्न सकिने अर्थमन्त्री डा। वाग्लेको भनाइ थियो ।
नेपालको पर्यावरण संरक्षण, लोकतन्त्रको सुदृढीकरण, युवालाई प्रोत्साहन र डिजिटल क्षेत्रमा युएडिपीले महìवपूर्ण योगदान पुर्याएको उहाँको भनाइ थियो । आफूले पनि यस संस्थामा महìवपूर्ण समय बिताएको उहाँले जानकारी गराउनुभयो । कार्यक्रममा युएनडिपीले नेपालमा गरेका कामको तस्बिर कथा समेटिएको फोटो किताब ‘६० वर्षको सहयात्रा’ सार्वजनिक गरिएको थियो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्