३२ असार २०८३, बिहीबार

सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु

कोलोराडोखबर संवाददाता , July 16th, 2026

अमेरिका । सान फ्रान्सिस्को पूर्व जेल र पर्यटन स्थल अल्काट्राज नजिकै १९ जना सवार डुङ्गा डुब्दा एक व्यक्तिको मृत्यु हुनुका साथै दुई जना बेपत्ता भएको अमेरिकी अधिकारीहरूले बताएका छन् ।

बेपत्ता व्यक्तिको खोजी गर्न अमेरिकी तटरक्षकको साथमा स्थानीय अग्नि नियन्त्रक तथा प्रहरी टोलीद्वारा सञ्चालित हेलिकोप्टर, विमान र उद्धार डुङ्गा तैनाथ गरिएको जनाइएको छ ।

सान फ्रान्सिस्कोका मेयरले इन्स्टाग्राम पोस्ट गरेको भिडियोमा अल्काट्राज टापुबाट ६०० गज टाढा “डुङ्गामा आगो लागेको” देखाइएको छ भने उद्धारकर्ताले प्रतिक्रियात्मक कार्यहरू भई रहेको जनाएका छन् । सान फ्रान्सिस्को फायर डिपार्टमेन्टका लेफ्टिनेन्ट एलियास मारियानोलाई उदृत गर्दै एएफपिलने अझै बेपत्ता भएका व्यक्तिको खोजी तथा उद्धार जारी रहेको जनाएको छ ।

क्यलिफोर्नियाको स्टकटनको निजी स्वामित्वमा रहेको केबिन क्रुजर मोटरबोट डुङ्गा दुर्घटनामा परेको मारियानोले बताउनुभएको छ । उद्धारकर्ता घटना स्थलमा पुग्दा एक जना व्यक्ति पानीमा डुवेर गम्भीर घाइते अवस्थामा फेला परेको भएको लस एन्जलस टाइम्सले जनाएको छ भने अधिकारीहरूले बाँकी १६ यात्रुलाई जिवितै उद्धार गरिएको पुष्टि गरेका छन् ।

स्थानीय टेलिभिजन स्टेसनले सान फ्रान्सिस्को खाडीमा डुब्ने डुङ्गाको अन्तिम क्षणको फुटेज प्रसारण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्