नेपाल (मकवानपुर) । नवसर्जक साहित्य चौतारी नेपालले आफ्नो कार्यक्रमका सन्दर्भमा नवसर्जक अनुज्ञा नेपाल तथा समर्पण न्यौपानेका पाँच पाँचओटा कविता वाचन कार्यक्रम सम्पन्न गर्यो ।
यस कार्यक्रमको प्रारम्भमा जनार्दन खनाल तथा सबिना थापाले आआफ्ना कविता सुनाएका थिए । यसपश्चात् दीपक गौतमले रचना वाचकहरूको परिचय दिएका थिए ।
अनुज्ञा नेपालले आफ्ना पाँचओटा कविता तोटक, शिखरिणी, शार्दूलविक्रीडित, नर्कुटक, पञ्चचामर गरी फरक फरक छन्दमा सुनाइन् । यसै गरी समर्पण न्यौपानेले पाँचओटै गद्य कविता सुनाएका थिए । वाचित कविताहरूको समीक्षा सुवास खनाल तथा पुरुषोत्तम आचार्यले गरेका थिए ।
दुबै जना कविका कविताहरूमा राष्ट्रिय चेतना, विसङ्गति विरुध्दको आवाज, विद्रोहको भावना, स्वतन्त्रताको चाहना, परिवर्तनको अपेक्षा तथा सचेतताको आह्वान ब्यक्तिएका थिए ।
स्वस्तिका दाहालको उद्घोषण, बिबिसा रुम्बाको स्वागत तथा कृतिका लोडारीको सभाध्यक्षता रहेको सो कार्यक्रमको प्रमुख आतिथ्य निमेष निखिलले गरेका थिए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्