नेपाल । नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा महेश बर्तौला र सचेतकमा सुनिता बरालले जिम्मेवारी पाउनु भएको छ ।
मंगलबार एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले बर्तौला र बराललाई उक्त जिम्मेवारी तोक्नुभएको हो ।
यसअघि प्रमुख सचेतक रहेका पदम गिरी सोमबार नवगठित मन्त्रिपरिषद्मा सदस्य भएपछि सचेतकबर्तौलाले नयाँ जिम्मेवारी पाउनु भएको हो ।
यस्तै बर्तौलाको प्रमुख सचेतकमा बढुवासंगै बराललाई सचेतकको जिम्मेवारीदिइएको हो ।
सांसदद्वय बर्तौला र बराल दुवै विद्यार्थी राजनीतिबाट स्थापित नेता हुनुहुन्छ । बर्तौला मकवानपुरबाट निर्वाचित र बराल समानुपातिकबाट निर्वाचित साँसद हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्