नेपाल । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधामन्त्री माधवकुमार नेपाललाई भेट्न प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरू मंगलबार कोटेश्वर पुग्नु भएको छ ।
अध्यक्ष नेपाल निवास कोटेश्वरमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली, विष्णु पौडेल, शंकर पोखरेल लगायतका नेताहरू नेपाललाई भेट्न पुग्नु भएको हो ।
नेकपा (एकीकृत समाजवादी) लाई नयाँ सत्ता समिकरणमा समावेश गर्न प्रचण्ड–ओली निरन्तर प्रयासमा रहनु भएको छ ।
भेटमा विकसित राजनीतिक घटना र आगामी कसरी अगाडि जाने भन्ने विषयमा शीर्ष नेताहरूबीच छलफल भएको छ । साथै प्रचण्ड र ओलीले अध्यक्षको स्वास्थ्य अवस्थाबारेसमते जानकारी लिनु भएको छ ।
यसैबीच नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक बुधबार बस्ने भएको छ।
पार्टी केन्द्रीय सचिव जीवनराम श्रेष्ठकाअनुसार विकसित राजनीतिक घटनाक्रम र विविध विषयमाथि छलफल हुनेछ। पार्टी केन्द्रीय कार्यालय आलोकनगर काठमाडौँमा बुधबार बिहान ११ बजे सचिवालय बैठक बोलाईएको सचिव श्रेष्ठले जानकारी दिनुभयो ।
कांग्रेससँगको सत्ता गठबन्धन भत्काएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सत्ता समिकरण बनाएपछिको विकसित अवस्थाका बारेमा सोमबार पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निवास कोटेश्वरमा सचिवालय बैठक बसेको थियो ।
उक्त बैठकले प्रधानमन्त्रीले बनाएको नयाँ सत्ता समिकरणको उदेश्य, निर्णय र प्रक्रियाबारे जानकारी लिने र दृष्टिकोण तयगर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्