३० भाद्र २०८१, आईतवार

नेपालमा सत्तारुढ गठबन्धनको समीकरण परिवर्तन हुने सम्भावना

कोलोराडोखबर संवाददाता , March 4th, 2024

अमेरिका । नेपालमा सत्तारुढ गठबन्धनको समीकरण परिवर्तन हुने सम्भावना बढेर गएको खबर आएको छ ।

सत्ताको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) र नेकपा एमाले एक हुन लागेका छन् ।

कांग्रेसको महासमिति बैठकबाट पारित दस्तावेज अस्वीकार्य भएको निष्कर्षसहित सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले नेकपा एमालेसहितका दलहरुसँग मिलेर नयाँ समीकरण बनाउने समझदारी भएको हो ।

आइतबार राति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी ओली, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादवसँग पनि प्रधानमन्त्रीले छलफल गरेका थिए ।

एमाले र माओवादीबीच राष्ट्रिय सभा अध्यक्ष, शान्ति प्रक्रियाको बाँकी कामसहित नयाँ समीकरण बनाउने समझदारी बनेको खबर सार्वजनिक भएसँगै सत्ता गठबन्धन खल्बलिने आंकलन गरिएको छ ।

सोमबार बिहान बस्ने भनिएको सत्ता गठनबन्धनको बैठक स्थगित भएको छ भने एमाले र माओवादी आकस्मिक रुपमा आ–आफ्नो सचिवालन बैठकमा जुटेका छन् ।

नेपाली राजनीतिमा नयाँ तरंगः के सत्ता फेरबदल हुन लागेको हो ?

प्रतिक्रिया दिनुहोस्