३ आश्विन २०८१, बिहीबार

नेपाली राजनीतिमा नयाँ तरंगः के सत्ता फेरबदल हुन लागेको हो ?

कोलोराडोखबर संवाददाता , March 4th, 2024

नेपाल । केही दिन यता नेपाली राजनीतिमा नयाँ तरंग उत्पन्न भएको छ । यसले सत्ता गठबन्धन परिवर्तन हुन सक्ने आँकलन गरिएको छ ।

केही दिन यता प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी ओली, सत्ता साझेदार काँग्रेस सभापनि शेरबहादुर देउवा, रास्वपा सभापति रवि लामिछानेलाई बालुवाटार बोलाएर बारम्बार छलफल गरिरहेका छन् ।

सोमबार पनि बिहानैदेखि राजनीतिक दलहरु बैठकमा जुटेका छन् ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बोलाएको छ । नेकपा एमालेको सचिवालय बैठक पनि बस्दैछ । देउवाले पनि मन्त्रीहरुसँग छलफल गरेका छन् ।

केही दिनअघि देखि सत्ता साझेदार माओवादी केन्द्र र नेपाली काँग्रेसबीच असमझदारीका स्वरहर चर्कैसँग सुनिन थालेका छन् ।

सत्तारुढ गठबन्धनको बैठक सोमबार बिहान बस्दैछ ।

यसैबीच परराष्ट्रमन्त्री एनपी साउदको फिनल्याण्ड भ्रमण एकाएक रद्द भएको छ । ‘विशेष परिस्थिति’ भन्दै परराष्ट्र मन्त्रालयले भ्रमण स्थगित भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्