६ माघ २०८२, मंगलवार

प्रधानमन्त्री सुशीला कार्कीद्वारा पाँचजना मन्त्रीहरूको नाम सिफारिस

कोलोराडोखबर संवाददाता , September 22nd, 2025

नेपाल । प्रधानमन्त्री सुशीला कार्कीले पाँचजना मन्त्रीहरूको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेकी छिन् ।

आइतबार साँझ अबेर मात्रै पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, पत्रकार जगदीश खरेल, अतिरिक्त सचिव डा. संगीता मिश्रा, वैज्ञानिक महावीर पुन र तत्कालीन राज्‍य पुनर्संरचनाका संयोजक डा. मदन परियारलाई मन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी हुन् ।

सिफारिस भएका मन्त्रीहरूको नियुक्ति र शपथ सोमबार हुने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

उद्योगः अनिलकुमार सिन्हा
स्वास्थ्यः संगीता कौशल मिश्र
कृषिः डा. मदन परियार
सञ्चारः जगदीश खरेल
शिक्षा, विज्ञान तथा प्रविधिः महावीर पुन

–यसअघि अर्थमा रामेश्वर खनाल, ऊर्जामा कुलमान घिसिङ र गृहमन्त्रीमा ओमप्रकाश अर्याल मन्त्री भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्