२ बैशाख २०८३, बुधबार

संविधान क्षतविक्षत हुनबाट राष्ट्रपति रामचन्द्र पौडेलले जोगाएः कोइराला

कोलोराडोखबर संवाददाता , September 21st, 2025

नेपाल । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी बैठकमा महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले राखेको प्रस्तावबारे अहिले नै केही धारणा सार्वजनिक गर्न नसकिने बताएका छन ।

नेता कोइरालाले देश नै विषम परिस्थितिमा रहेको बेलामा अहिले पार्टीको प्रारम्भिक धारणामाथि मात्रै छलफल भएकाले पूर्ण रुपमा धारणा सार्वजनिक गर्ने बेला नआइसकेको बताएका छन् ।

उनले पार्टी केन्द्रीय समिति बैठकमा पर्याप्त छलफल गरेर मात्रै महामन्त्रीद्वय थापा र शर्माको प्रस्तावमाथि थप धारणा राख्ने बताए । शनिबार विराटनगरमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा कांग्रेस नेता कोइरालाले यस्तो बताएका हुन् ।

नेता कोइरालाले देशको संविधान क्षतविक्षत हुनबाट राष्ट्रपति रामचन्द्र पौडेलले जोगाएको पनि उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्