नेपाल । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा नागरिकसँग संवाद यात्रामा निस्किएका छन् ।
नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस अभियान’ झापाको मेची पुलबाट शुरु भएको छ। यही अभियानकै क्रममा महामन्त्री थापा यहीबाट हुलाकी मार्गका नागरिकसँग संवाद यात्रामा निस्किएका हुन् ।
महामन्त्री थापासँगै अर्का महामन्त्री विश्वप्रकाश शर्मा, पूर्व महामन्त्री एवं राष्ट्रिय सभाका नवनिर्वाचित सदस्य कृष्णप्रसाद सिटौला र १४ औँ महाधिवेशनमा महामन्त्रीका प्रत्यासी एवं प्रतिनिधि सभा सदस्य प्रदिप पौडेल सहितका नेताहरु झापाको संवाद यात्रामा जोडिएका छन् ।
पार्टीका कार्यकर्ताहरू र स्थानीयको गुनासो र सुझाव लिन महामन्त्री थापाले संवाद यात्रा थालेका हुन् । संवाद यात्रामा जनताका कुरा सुन्ने, तर आफ्ना कुरा नभन्ने तयारी छ ।
कांग्रेसले केन्द्रीय समितिबाट निर्णय गरी माघ १३ गतेदेखि २६ गतेसम्म ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गरेको हो ।
संवाद यात्राका लागि महामन्त्री थापा झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर पुग्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस्