नेपाल । राष्ट्रिय सभा सदस्यको १९ पदका लागि बिहीबार निर्वाचन हुँदैछ । मतदान बिहान ९ देखि शुरु भई दिउँसो ३ बजेसम्म चल्नेछ ।
फागुन २० गतेदेखि रिक्त हुन लागेका २० मध्ये १९ पदमा निर्वाचन हुन लागेको हो । निर्वाचनमा आठ दलका ५१ उम्मेदवार चुनावी मैदानमा छन् ।
नेकपा एमालेले १९ पदमै उम्मेदवार उठाएको छ । गठबन्धनको नेपाली कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले दुई र जनता समाजवादी पार्टीका एक उम्मेदवार उठाएका छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले सात, नेपाल मजदुर किसान पार्टीले चार र जनमत पार्टीले दुई उम्मेदवार उठाएका छन् ।
प्रदेश सभाका सदस्य र नगरपालिकाका प्रमुख–उपप्रमुख, र गाउँपालिका अध्यक्ष–उपाध्यक्ष मतदाता हुनेछन् ।
निर्वाचन आयोगका अनुसार देशभर दुई हजार ४७ मतदाता छन् । प्रदेश सभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुनेछ। दुई हजार ४७ मतदाताको कुल मतभार ५७ हजार ५५९ हुनेछ ।
प्रतिक्रिया दिनुहोस्