३१ भाद्र २०८१, सोमबार

नामको शिखर सम्मेलनमा सहभागी हुन प्रचण्ड युगाण्डा प्रस्थान

कोलोराडोखबर संवाददाता , January 18th, 2024

नेपाल । असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन बुधबार राति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युगाण्डा प्रस्थान गरेका छन् ।

उक्त सम्मेलन माघ ५ देखि ६ गतेसम्म गणतन्त्र युगाण्डाको राजधानी कम्पालामा हुँदैछ ।

यता मन्त्रीस्तरीय बैठकमा सहभागी हुन माघ १ गते नै युगाण्डा पुगेका​ परराष्ट्रमन्त्री साउदले बुधबार मन्त्रिस्तरीय बैठकमा सम्बोधन गरिसकेका छन् ।

प्रधानमन्त्री यही माघ ७ गते बिहान काठमाडौं आइपुग्ने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्