३१ भाद्र २०८१, सोमबार

सर्लाहीको बरहथवा अशान्तः प्रहरीको गोलीबाट १ को मृत्यु, आइतबारसम्म निषेधाज्ञा

कोलोराडोखबर संवाददाता , January 6th, 2024

नेपाल । सर्लाहीको बरहथवा शुक्रबारदेखि अशान्त बनेको छ ।

बरहथवा–६ को प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति विषयमा भएको प्रदर्शनका क्रममा स्थानीय युवा जयशंकर साहको मृत्यु भएपछि शुक्रबारबाट लगाइएको कर्फ्यू शनिबार सकिए पनि निषेधाज्ञा भने जारी छ । एको थियो ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीले आइतबार बिहान ८ बजेसम्मको लागि निषेधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञा जारी भएको क्षेत्रमा कुनै किसिमको भेला हुन, बाहिर हिडडुल गर्न तथा राजनीतिक सभा तथा गतिविधि गर्न पाइने छैन ।

शुक्रबार प्रदर्शनका क्रममा मारिएका स्थानीय युवाको शव अहिलेसम्म आन्दोलनकारीकै नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्