नेपाल । मंगलबार बिहानै नेपालमा ४.२ म्याग्निच्यूडको भूकम्प गएको छ । सो भूकम्पले धनजनको क्षति भएको खबर भने आएको छैन ।
सिन्धुपाल्चोक केन्द्र बनाएर भूकम्प गएको हो । बिहान ६ बजेर ११ मिनेटमा मेलम्ची नगरपालिका शिखरपुर आसपास केन्द्र भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
यसअघि शनिबार बिहान मनाङको थोचे आसपास केन्द्र बनाएर बिहान ३ बजेर ४७ बजे ४.२ म्याग्निच्यूडको भूकम्प गएको थियो । त्यस्तै बिहीबार बझाङको मासदेव आसपास केन्द्र बनाएर ४.३ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्