नेपाल । बिहीबार राजीनामा गोजीमा बोकेर बालुवाटार गएका रास्वपाका मन्त्रीहरु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको करीव २ घण्टाको छलफलपछि राजीनामा नबुझाई फर्केका छन् ।
रास्वपा नेताहरुसँगका भेटमा प्रधानमन्त्रीले संसदको सामना गर्ने र संसदमै आफ्ना कुरा राख्ने बताएका थिए ।
एमाले सरकारबाट बाहिरिएपछि सत्ता गठबन्धनका दुई ठूला दल माओवादी केन्द्र र रास्वापका शीर्ष नेताबीचको भेटले तत्काल रास्वपा सरकारबाट बाहिरिने सम्भावना टरेको छ ।
भेटमा रास्वपा सभापति रवि लामिछाने, स्वर्णिम वाग्ले, डिपी अर्याल, सन्तोष परियारलगायत सरकारमा सहभागी रास्वपाका मन्त्रीहरु थिए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्