५ चैत्र २०८२, बिहीबार

अन्तराष्ट्रिय श्रम सम्मेलनको अधिवेशनमा सहभागी हुन राष्ट्रपति पौडेल जेनेभा प्रस्थान

कोलोराडोखबर संवाददाता , June 12th, 2024

नेपाल । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेल जेनेभा प्रस्थान गरेका छन् ।

स्वीजरल्याण्डको जेनेभामा आयोजना हुने अन्तराष्ट्रिय श्रम सम्मेलनको ११२औं अधिवेशनमा सहभागी हुन तथा संघीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणका लागि उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।

राष्ट्रपतिको अनुपस्थितिमा उपराष्ट्रपतिले कार्यभार सम्हाल तोकिएको राष्ट्रपतिको कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिएकी छन् ।

राष्ट्रपति पौडेल असार ५ गते स्वदेश फर्कने छन् ।

प्रतिक्रिया दिनुहोस्