नेपाल । शुक्रबारका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक बस्दै नबसी स्थगित भएको छ । बिहान ११ बजे बस्ने गरी बोलाइएको बैठक बस्दै नबसी आइतबार बिहान ११ बजेसम्मको लागि स्थगित गरिएको हो ।
बिहीबार बसेको बैठकमा कांग्रेस र एमालेका सांसदहरूबीच धकेलाधकेल भएपछि शुक्रबार ११ बजेका लागि बैठक बोलाइएको थियो । तर, दलहरुबीच कुरा नमिल्दा शुक्रबार पनि बैठक बस्न सकेन ।
कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको अडानबाट पछि नहट्ने बटमलाइन बनाएको छ ।
सदनको गतिरोध हटाउन प्रधानमन्त्री प्रचण्ड सक्रिय रहेका छन्, तर सकारत्मक निष्कर्ष निस्की सकेको छैन ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्