नेपाल (रौतहट) । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८ ओैँ जयन्तीको अवसरमा शनिबार शिवसावित्री प्रतिष्ठान नेपाल तथा बुढ्यौली साहित्य समाज रौतहट—सर्लाहीको संयुक्त आयोजनामा रौतहटको चन्द्रनिगाहपुरमा स्रष्टा सम्मान तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ ।
बुढ्यौली साहित्य समाज रौतहट–सर्लाहीका सदस्य राम उदितले सञ्चालन गरेको सो कार्यक्रममा बुढ्यौली साहित्य समाज रौतहट–सर्लाहीका अध्यक्ष घनश्याम पन्तले स्वागत गरेका थिए ।
सो कार्यक्रममा बुसास मधेस प्रदेशकी उपाध्यक्ष रेणु गुप्तालाई नेपाल प्रज्ञा प्रतिष्ठानमा मनोनीत प्राज्ञ सदस्यका रूपमा मनोनीत भएकामा बधाईपत्र अर्पण गरिएको थियो ।
उक्त कार्यक्रममा बुसास मधेस प्रदेशका सचिव रामचन्द्र पौडेल, झरना साहित्यिक परिवार मकवानपुरकी अध्यक्ष गायत्री रुपाखेती तथा गौरीशङ्कर मिथिला वाङ्मय प्रतिष्ठानका अध्यक्ष प्रेम घिमिरेले रचनाहरू वाचन गरेका थिए ।
सोही कार्यक्रममा लीलाराज दहाल, जनार्दन खनाल, लालबाबु पोखरेल, कमरुद्दीन नदाफ, लक्ष्मण आचार्य, जीवन आचार्य, प्रदीप धनञ्जय, नित्यानन्द कँडेल, केदार सिग्देल, दिनेश रोदन, कल्पना उपाध्याय पौडेल, तुलबहादुर पुलामी, प्रदीप रिजाललगायतले कविता, मुक्तक, गजल वाचन तथा गायन गरेका थिए ।
यसै गरी अंशु आचार्य, आयुष्मा अधिकारी, आयुष्मा कार्की तथा आर्य आचार्यले समेत आआफ्ना कविताहरू सुनाएका थिए ।
कार्यक्रमको उपादेयताबारे प्रतिष्ठानका उपाध्यक्ष रमेशमोहन अधिकारीले प्रकाश पारेका थिए भने मन्तव्य व्यक्त गर्ने व्यक्तित्वहरूमा सञ्जय साह मित्र, शङ्कर भट्टराई, किसुनदयाल यादव, रामअवतार साह थिए ।
सो कार्यक्रममा रामप्रसाद अधिकारी, भरतप्रसाद अधिकारी, कृष्णप्रसाद दाहाल, अर्जुन राई, कृष्णप्रसाद तिमल्सिना, ज्वाला कोइराला, निर्मला मराठा, हिमज्योति सुयाल, विमीता अधिकारीलगायतका व्यक्तित्वको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रमको प्रमुख आतिथ्य बुसास मधेस प्रदेश अध्यक्ष लम्बोदर काफ्लेले गरेका थिए भने सभाध्यक्षता प्रतिष्ठानका कार्यवाहक अध्यक्ष चन्द्रमोहन अधिकारीले गरेका थिए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्