९ श्रावण २०८३, शनिबार

अरोरा तथा सेन्टिनियल समर पिकनिकको तयारी पुरा

कोलोराडोखबर संवाददाता , July 25th, 2026

-नातिबाबु भट्ट (कोलोराडो, अमेरीका) । अरोरा तथा सेन्टिनियलबासी नेपाली भाषी समुदायको समर पिकनिक कार्यक्रमको तयारी पूरा भएको छ ।

२६ जुलाई आइतबार दिउँसो ३ बजेदेखि ८ बजेसम्म सेन्टिनियल सेन्ट्रल पार्कमा आयोजना हुने पिकनिक कार्यक्रमको तयारी पूरा भएको पिकनिक कार्यक्रमका संयोजक राजन सापकोटाले जानकारी दिएका छन् ।

पिकनिक कार्यक्रममा झण्डै चार सय जना नेपाली भाषी सहभागि हुने उनको भनाई छ । कार्यक्रममा राफल, चम्चा गुच्चा, घैँटो फुटाई लगायतका खेल गतिविधि पनि सञ्चालन गर्ने तयारी छ ।

कार्यक्रमलाई सफल पार्न खाना व्यवस्थापन समितिको संयोजक अर्जुन कार्की, आर्थिक समिति संयोजक जगदिश ढकाल, स्वयंमसेवक तथा सरसफाई समिति संयोजक अंकित गेलाल, प्रचारप्रसार समिति संयोजक सुधिर भण्डारी, कार्यक्रम सञ्चालन समिति राजु खनाल, खेलकुद तथा मनोरञ्जन समिति सुदीप बगाले, कार्यक्रमस्थल व्यवस्थापन समिति संयोजक गंगा चौलागाईँ रहेका छन् ।

पिकनिक कार्यक्रमको मनोरञ्जनात्मक विधा अन्तर्गत विभिन्न नाचगान, गाउँ खाने कथा तथा हाजिरीजवाफ गतिविधि पनि हुनेछन् । कार्यक्रमलाई लक्ष्मी फूड होलसेलले मुख्य स्पोन्सर गरेको छ । कार्यक्रकको प्रवेश निशूल्क गरिएको छ।

‘हामीले पिकनिक कार्यक्रम सफल पार्न सबै तयारी पूरा गरेका छौँ’ संयोजक सापकोटाले भने, ‘कार्यक्रम व्यवस्थापन गर्न विभिन्न समिति गठन गरेर संयोजक पनि तोकिसकेका छौँ । समितिका संयोजकहरुले कार्यक्रमलाई उत्कृष्ट बनाउन लागि परि रहेको उनले बताए ।

आउँदो आइतबार हुने पिकनिकमा सहभागि हुन संयोजक सापकोटाले सबै नेपालीभाषी तथा अरोरा सेन्टिनियलबासीलाई आग्रह गरेका छन् । सन् २००६ देखि अरोरा तथा सेन्टिनियलबासीले हरेक वर्ष समर पिकनिक कार्यक्रम भव्य रुपमा आयोजना गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्