२६ असार २०८३, शुक्रबार

राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण

कोलोराडोखबर संवाददाता , July 10th, 2026

नेपाल । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेस भएका चार वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ।

राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम विधेयक प्रमाणीकरण गरिएको हो।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा उक्त विधेयकहरू असार २५ गते प्रमाणीकरण गरिएको उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्