२५ असार २०८३, बिहीबार

गोविन्दबहादुर कार्की मुख्यसचिव पदमा नियुक्त

कोलोराडोखबर संवाददाता , July 9th, 2026

नेपाल । सरकारले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव पदमा नियुक्त गरेको छ।

शिक्षा तथा खेलकुदमन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार बुधबार बसेको मन्त्रीपरिषद् बैठकले कार्कीलाई मुख्यसचिव नियुक्त गरेको हो ।

उहाँ यसअघि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सचिवको रुपमा कार्यरत हुनुहुन्थ्यो ।

त्यसैगरी मन्त्रीपरिषद् बैठकले काठमाडौँ उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा सुरज शाक्यलाई नियुक्त गरेको छ ।

सरकारले कैलालीस्थित गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गरेको छ । सँगै सरकारले ‘विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली, २०८३’, ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली, २०८३’ र ‘कारागार नियमावली, २०८३’ लाई स्वीकृत गरेको छ।

मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना र भ्रष्टाचारविरुद्धको दोस्रो रणनीतिक योजनालाई बैठकले स्वीकृत गर्ने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्