१४ असार २०८३, आईतवार

स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मिनराज रानामगरको गाडी दुर्घटनामा मृत्यु

कोलोराडोखबर संवाददाता , June 28th, 2026

नेपाल । प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मिनराज रानामगरको गाडी दुर्घटनामा ज्यान गएको छ ।

५० वर्षीय रानामगर आफैले चलाएको लु प्र १–००१ झ ०००८ नं. को गाडी आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घटनास्थलमै ज्यान गएको हो ।

स्वर्गद्वारीबाट धनवाङ तर्फ जादै गरेको गाडी स्वर्गद्वारी नगरपालिका–२ बाङ्गेसल्ला भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक सुजनबाबु बिश्वकर्माले जानकारी दिनुभयो ।

गाडी सडक देखी अन्दाजी पाँच सय मिटर तल खसेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्